करिश्माको क्षेत्र गोदावरीमा एमालेलाई हराउँदै काँग्रेसले बाजी मारेपछि तनावमा करिश्मा, हारको ‘दोष’ लागेपछि देखाइन् आक्रोश — OSNepal

करिश्माको क्षेत्र गोदावरीमा एमालेलाई हराउँदै काँग्रेसले बाजी मारेपछि तनावमा करिश्मा, हारको ‘दोष’ लागेपछि देखाइन् आक्रोश

LC (KTM) May 26, 2022 0

काठमाडौं । नेकपा एमाले प्रवेश गरे लगत्तै अभिनेत्री करिश्मा मानन्धरले आफ्नो न्वारनको नाम सबैलाई बताइन् ।

हल्लाखल्ला गर्दै यी सुन्दरी नायिका एमाले प्रवेश गरे पनि उनले आफ्नै क्षेत्रमा भने पराजय बेहोर्नु परेको छ । उनी बसोबास गर्ने गोदावरी क्षेत्रमा नेपाली कांग्रेसले जितेपछि अहिले करिश्मा तनावमा छिन् ।

सामाजिक संजालका प्रयोगकर्ताहरुले करिश्मा एमालेमा आबद्ध भएपछि पार्टी पत्तासाफ भएको भन्दै समाचार र ट्रोल बनाइरहेको भन्दै करिश्माले आपत्ति जनाएकी छिन् । सामाजिक सञ्जालमा आँफुविरुद्ध खरो रुपमा ट्रोलहरु देखा परेपछि करिश्माले आक्रोशित हुँदै लेख्छिन्–

‘जीवनमा कसैको नराम्रो चिताएको छैन

कसैको नराम्रो गरेको छैन

सके बरु आफूसँग भएको बाँडेको छु

सबैको आवाज बन्न सकूँ, उहाँहरुको लागि केही गर्न सकूँ भनेर

मानसिकतालाई पीडा दिने शब्द प्रयोग गर्ने अधिकार कसैलाई छैन

नत्र भने कानुनी उपाय खोज्नुपर्ने हुन्छ

आधारबिहीन आरोप लगाउनेहरु अँध्यारोमा हिंडिरहेका मानिसजस्तै हुन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर