आयोगले सेटिङमा फैसला गरेकोले अब आयोगको निर्णय विरुद्ध सर्वोच्चमा रिट हाल्छौं : यादव — OSNepal

आयोगले सेटिङमा फैसला गरेकोले अब आयोगको निर्णय विरुद्ध सर्वोच्चमा रिट हाल्छौं : यादव

LC (KTM) June 14, 2021 0

काठमाडौँ ३१ जेठ । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले गरेको निर्णय गलत भएको बताएका छन् । आयोगले सेटिङमा फैसला गरेको आरोप लगाएका यादवले आयोगको निणर्य विरुद्ध सर्वोच्चमा रिट हाल्ने बताएका छन् ।

आयोगले असंवैधानिक कार्य गरेको यादवको दावी रहेको छ । सञ्चार माध्यमलाई प्रतिक्रिया दिने क्रममा उनले जो सँग विचार छ, मुद्दा छ, संगठन छ, नेता तथा कार्यकर्ता छन्, उसैको जसपा पार्टी हुने पनि दावी गरेका छन् ।

हिजो निर्वाचन आयोगले दुवैले एक अर्कालाई गरेको कारवाही वैधता नभएको भन्दै अवैध घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर