सेवाग्राहीको चापलाई मध्यनजर गर्दै आईतबार पनि राहदानी बिभाग खुल्ला रहने — OSNepal

सेवाग्राहीको चापलाई मध्यनजर गर्दै आईतबार पनि राहदानी बिभाग खुल्ला रहने

LC (KTM) May 26, 2022 0

बैदेशिक रोजगारीको अवस्थालाई मध्य नजर गर्दै राहदानी विभागले सार्वजनिक बिदाको दिन आइतबार पनि सेवा संचालन गर्ने भएको छ । बिदेश जाने युवाको बढ्दो चापलाई लिएर सरकारले दिएको आईतबारको बिदालाई पनि बिभागले सदुपयोग गर्ने भएको हो । नीति तथा कार्यक्रममा विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउन उल्लेख गरेकाले १५ गतेबाट नियमित रुपमा खुल्ने भएको हो ।

अर्को व्यवस्था नभएसम्म आइतबार १० देखि ४ बजेसम्म बिभाग खुल्ला नै रहनेको भएको हो । त्यस्तै विभागले राहदानीको लागि आवेदन दिएका सेवाग्राहीले बुकिङ गरेको सम्बन्धित मिति र समयमा विभागमा आउन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर