अक्सिजनको सहयोगमा नेता खनाललाई वार्डमा सारियो — OSNepal

अक्सिजनको सहयोगमा नेता खनाललाई वार्डमा सारियो

LC (KTM) June 14, 2021 0

काठमाडौं ३१ जेठ । पुर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता झलनाथ खनालको स्वाथ्य अवस्थामा सुधार आएको छ । आज बिहान स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना नेता खनालको स्वास्थ्यमा सुधार आएकोले उनलाई अक्सिजनको सहयोगमा
वार्डमा सारिएको अस्पतालले जनाएको छ ।

विगत केहि दिन देखि आएको ज्वरो निको नभएकाले उनलाई अस्पताल लगिएको थियो । उनको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालले जनाएको छ । साथै खनालको लक्षण हेर्दा उनलाई पोस्ट कोभिडपछिको समस्या हुनसक्ने उपचारमा संलग्न चिकित्सकहरुको अनुमान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर