निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाउने सर्वोच्च अदालतको फैसला अनुपयुक्त र दुर्भाग्यपूर्ण : कमल थापा — OSNepal

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाउने सर्वोच्च अदालतको फैसला अनुपयुक्त र दुर्भाग्यपूर्ण : कमल थापा

LC (KTM) May 27, 2022 0

काठमाडौं १३ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाउने सर्वोच्च अदालतको फैसला अनुपयुक्त र दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

वन,वन्यजन्तु र पर्यावरण संरक्षण गरेर चांडो विमानस्थल बनाउन निर्देशन दिनुको सट्टा दशकौदेखिको राष्ट्रिय गौरव र आर्थिक दृष्टिकोणबाट महत्वपूर्ण आयोजना रोक्नु आश्चर्यजनक भएको थापाले बताएका छन् ।

बिहिबार न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको इजलासले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न भन्दै आदेश दिएको थियो ।

यही आदेशलाई लिएर नेता थापाले अशन्तुष्ट व्यक्त गरेका हुन् । उनले सामाजिक सञ्जाल मार्फत भनेका छन् , ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाउने सर्वोच्च अदालतको फैसला अनुपयुक्त र दुर्भाग्यपूर्ण छ।वन,वन्यजन्तु र पर्यावरण संरक्षण गरेर चांडो विमानस्थल बनाउन निर्देशन दिनुको सट्टा दशकौदेखिको राष्ट्रिय गौरव र आर्थिक दृष्टिकोणबाट महत्वपूर्ण आयोजना रोक्नु आश्चर्यजनक छ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर