'राज्यले लामो समय अध्ययन गरी निर्माण शुरू गरिसकेको आयोजना रोक्नु राष्ट्रहित माथि घात गर्ने गैर जिम्मेवार निर्णय' — OSNepal

‘राज्यले लामो समय अध्ययन गरी निर्माण शुरू गरिसकेको आयोजना रोक्नु राष्ट्रहित माथि घात गर्ने गैर जिम्मेवार निर्णय’

LC (KTM) May 27, 2022 0

काठमाडौं १३ जेठ । नेकपा एमालेका सांसद डा भीम रावलले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्चले रोक लगाउनु राष्ट्रहित माथि घात गर्ने गैर जिम्मेवार निर्णय भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत नेता रावलले निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा वातावरणमा प्रतिकूल प्रभाव पर्ननदिन यस्ता उपाय सरकाले अप्नाओस् भनी सर्वोच्च अदालतले भन्नु पर्नेमा राज्यले लामो समय अध्ययन गरी निर्माण शुरू गरिसकेको आयोजना रोक्नु राष्ट्रहित माथि घात गर्ने गैर जिम्मेवार भएको उनको तर्क रहेको छ ।

यस विषयमा सरकारले उपाय निकाल्न पर्ने समेत उनले बताएका छन् । उनले भनेका छन्, ‘निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा वातावरणमा प्रतिकूल प्रभाव पर्ननदिन यस्ता उपाय सरकाले अप्नाओस् भनी सर्वोच्च अदालतले भन्न सक्थ्यो।तर राज्यले लामो समय अध्ययन गरी निर्माण शुरू गरिसकेको आयोजना रोक्नु राष्ट्रहित माथि घात गर्ने गैर जिम्मेवार निर्णय हो।सरकारले उपाय निकालोस् ।’

यसैगरी, राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाउने सर्वोच्च अदालतको फैसला अनुपयुक्त र दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

वन,वन्यजन्तु र पर्यावरण संरक्षण गरेर चांडो विमानस्थल बनाउन निर्देशन दिनुको सट्टा दशकौदेखिको राष्ट्रिय गौरव र आर्थिक दृष्टिकोणबाट महत्वपूर्ण आयोजना रोक्नु आश्चर्यजनक भएको थापाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर