पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार कर हटाइने — OSNepal

पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार कर हटाइने

LC (KTM) May 27, 2022 0

काठमाडौ १३ जेठ । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार कर हटाउने भएको छ । सरकारको यस अघिको मन्त्रिपरिषद्को बैठकले गरेको प्रतिलिटर १० रुपैयाँ लगााइँदै आएको पूर्वाधार कर हटाउने निणर्य गरेको हो ।

१० रुपैयाँ पूर्वाधार विकास कर हटाउने निर्णय आजभोलिनै लागु हुने पनि बुझिएको छ । वाणिज्य मन्त्रालयको प्रस्तावमा भन्सार र पूर्वाधार कर ५र५ रुपैयाँ घटाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको अर्थ मन्त्रालयको स्रोतबाट जानकारी प्राप्त भएको छ ।

मन्त्रालयले अहिले कुन शिर्षकमा कसरी मूल्य घटाउने भन्नेबारे छलफल गरिरहेको पनि बताइएको छ । बुढीगण्डकी जलविद्युत परियोजना बनाउन उठाइएको पूर्वाधार करबाट ५ रुपैयाँ र भन्सारमा लाग्ने भन्सार शुल्कबाट ५ रुपैयाँ घटाउने गरी गृहकार्य भइरहेको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर