गर्मी महिना सुरु भएसँगै खुट्टा गन्हाउने समस्याले सतायो ? यि उपाय अपनाउनुहोस् — OSNepal

गर्मी महिना सुरु भएसँगै खुट्टा गन्हाउने समस्याले सतायो ? यि उपाय अपनाउनुहोस्

LC (KTM) May 27, 2022 0

काठमाडौं । गर्मी महिना सुरु भएसँगै अधिकाशं मानिसको समस्या भनेकै खुट्टा गन्हाउँनु हो । सायद तपाईको पनि खुट्टा गन्हाउँछ होला ? तपाई यस समस्याबाट मुक्त हुन चाहनुहुन्छ भने आज हामी कसरी खुट्टा गन्हाउँने समस्याबाट मुक्त हुन सक्छौ भन्ने कुरा बताउन गईरहेका छौ ।

तपाईले सोचिरहनु भएको होला पसिनाको कारणले गर्दा खुट्टा गन्हाउँने गर्छ भनेर , तर पसिनाको कारणले नभएर खुट्टाको छालामा भएका ब्याक्टेरियाहरुले त्यहाँबाट निस्केको पसिनालाई पचाएपछि विर्सजन गरेर ग्याँसपदार्थ निस्कछ त्यो पदार्थको कारण खुट्टाबाट दुर्गन्ध निस्कन्छ । खुट्टाबाट आउने नराम्रो खालको दुर्गन्धलाई हटाउनको लागी नुनपानीमा खुट्टा डुभाउने गर्नु पर्दछ । नुनपानीमा खुट्टा डुभाउने गर्नाले ब्याक्टेरियाहरु धेरै समयको लागी बाँच्न सक्दैन र खुट्टाबाट निस्कने गन्ध सधैको लागी हराएर जान्छ । एक हत्ता सम्म करिब २० मिनेट जति भिजाउने गर्नाले खुट्टा गन्हाउने समस्याबाट सधैको लागी छुटकारा पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर