गठबन्धन हुँदा समेत सबै उम्मेद्धारले हारेको भन्दै माओबादी केन्द्र बिर्तामोडका इन्चार्ज दुलालले दिए राजिनामा — OSNepal

गठबन्धन हुँदा समेत सबै उम्मेद्धारले हारेको भन्दै माओबादी केन्द्र बिर्तामोडका इन्चार्ज दुलालले दिए राजिनामा

LC (KTM) May 27, 2022 0

स्थानीय तह चुनावमा झापाको विर्तामोड नगरपालिकामा पार्टीले राम्रो मत परिणाम ल्याउन नसके पछि नेकपा माओवादी केन्द्र विर्तामोडका इन्चार्ज युवराज दुलालले पदबाट राजीनामा दिएका छन् । गठबन्धन गर्दा समेत माओबादी केन्द्रले बिर्तामोडमा पराजय भोगेको थियो । दुलालले गठबन्धन हुँदा पनि पार्टीका सबै उम्मेदवार पराजित भएको भन्दै आफुले नैतिकताका आधारमा राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।

चुनावमा हारजित स्वाभाविक भएको भन्दै दुलालले जितको श्रेय लिने हारको जिम्मेवारी पनि लिनुपर्ने बताएका छन् । आफुले राजिनामा दिए पनि पार्टी संगको दुई दशकको यात्रालाई निरन्तरता दिने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर