लद्दाखमा ७ भारतीय सेनाको मृत्यु , प्रधानमन्त्री मोदीद्धारा दुःख ब्यक्त — OSNepal

लद्दाखमा ७ भारतीय सेनाको मृत्यु , प्रधानमन्त्री मोदीद्धारा दुःख ब्यक्त

LC (KTM) May 27, 2022 0

भारतको लद्दाखमा सेनाको गाडी दुर्घटना हुँदा ७ सैनिकले ज्यान गुमाएका छन् । अन्य १९ जना गम्भीर घाइते भएका छन् । उक्त गाडीमा २६ जना सैनिक रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । लद्दाखको प्रतापपुरस्थित ट्रान्जिट क्याम्पबाट सब सेक्टर हनिफतर्फ गइरहेको गाडी सडकबाट श्योक नदीमा खसेर दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त गाडी सडकबाट करिब ५०–६० फिट तल नदीमा झरेको थियो ।

उता यस दुर्घटनालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुस्ख व्यक्त गरेका छन् ।उनले भनेका छन् ‘लद्दाखमा बस दुर्घटनामा सैनिक जवानहरूको मृत्युलाई लिएर धेरै दुस्खी छु । यी बहादुर सैनिकका परिवारमाथि मेरे गहिरो समवेदना छ । आशा गर्छु घाइते सैनिक छिटोभन्दा छिटो निको हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर