आजबाट ३५ वर्षमा प्रबेश गरिन सुन्दरी नायिका नम्रता श्रेष्ठ — OSNepal

आजबाट ३५ वर्षमा प्रबेश गरिन सुन्दरी नायिका नम्रता श्रेष्ठ

LC (KTM) June 14, 2021 0

काठमाडौं- चलचित्र क्षेत्रकी सफल नायिका नम्रता श्रेष्ठको आज जन्मदिन परेको छ । १९८५ जुन १४ को दिन नम्रताको जन्म सुनसरीको धरानमा भएको हो । आज उनी आफ्नो जन्मदिन मनाइरहेकी छन् । नम्रता श्रेष्ठ नेपाली चलचित्र क्षेत्रकी एक चर्चित अभिनेत्री हुन् ।

उनले सानो संसार, मेरो एउटा साथी छ, छड्के, नोभेम्बर रेन, क्लासिकलगायत गरी अहिलेसम्म डेढ दर्जन चलचित्रमा आफ्नो अभिनय क्षमता देखाइसकेकी छन् । उनी नेपाली चलचित्र जगतमा आउनुभन्दा अघि मोडलिङ तथा थिएटरमा लागेकी थिइन् ।

आफ्नो करियरकै सुरुवाती चरणमै निजी सेक्स भिडियोका कारण नम्रता निकै ठूलो विवादमा आइन् । तर, पनि उनले आफ्नो आत्मबल गुमाइनन् । संघर्ष गरेरै फेरि आज उनी उच्च स्थानमा आइपुग्न सफल भएकी छन् ।

पछिल्लो समय उनी नायक सारुक ताम्राकारसँगको प्रेमका कारण चर्चामा छिन् । गतबर्ष एक अवार्ड कार्यक्रममा एकसाथ देखिएपछि उनी र सारुकविचको प्रेम सार्वजनिक भएको हो । त्यसअघि उनी दावा शेर्पासँगको प्रेममा रहेका कारण चर्चामा आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर