बाटोमा हिँडिरहेको बेला माथिबाट खसेको ढुंगाले लागेर मैनाको मृत्यु — OSNepal

बाटोमा हिँडिरहेको बेला माथिबाट खसेको ढुंगाले लागेर मैनाको मृत्यु

LC (KTM) May 28, 2022 0

बैतडी, १४ जेठ :

बैतडीको सिगासमा ढुंगा लागेर एक महिलाको ज्यान गएको छ । जिल्लाको सिगास गाउँपालिका-१ सिराड बस्ने मैना धामीको बाटोमा हिँडिरहेको बेला माथिबाट खसेको ढुंगाले ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले शुक्रबार साँझ वडा नम्बर १ को आफ्नो घरबाट वडा नम्बर ३ स्थित घरमा धान ल्याउनका लागि गइरहेका बेला बाटोमा माथिबाट खसेको ढुंगा लागेर उनको घटनास्थलमै ज्यान गएको हो ।

साँझको समयमा हावाहुरी र पानी परेका बेला माथिबाट खसेको ढुंगाले मैनाको टाउकोमा लागेको र घटनास्थलमै मृत्यु भएको जोशीले बताए । ती महिलाको शव पोष्टमार्टमका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर