यूरोपेली नेता द्वयद्वारा यूक्रेनी राष्ट्रपतिसँग वार्ता गर्न रूसी नेता पुटिनसँग आग्रह — OSNepal

यूरोपेली नेता द्वयद्वारा यूक्रेनी राष्ट्रपतिसँग वार्ता गर्न रूसी नेता पुटिनसँग आग्रह

LC (KTM) May 28, 2022 0

बर्लिन, १४ जेठ -जर्मनीका चान्सलर ओलाफ सोल्ज र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले शनिबार रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई यूक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग ‘प्रत्यक्ष गम्भीर वार्ता’ गर्न आग्रह गर्नुभएको छ ।रूसी राष्ट्रपतिसँग ८० मिनेटको टेलिफोन वार्ताका क्रममा यूरोपेली संघका शक्तिशाली दुई नेताहरूले ‘तुरुन्तै युद्धविराम गर्न र रूसी सेनालाई यूक्रेनबाट’ हटाउन दवाव दिएको जर्मन चान्सलर सोल्जको कार्यालयले शनिबार जनाएको छ ।

म्याक्रोँ र सोल्जले पुटिनलाई “यूक्रेनी राष्ट्रपतिसँग गम्भीर तथा प्रत्यक्ष वार्ता गर्न र यस द्वन्द्वको कूटनीतिक समाधान खोज्न आग्रह गर्नुभएको छ चान्सलरको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । फ्रान्सेली राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार तीन नेताहरूबीच टेलिफोनमार्फत् कुराकानी भएपछि “फ्रान्सका राष्ट्रपति र जर्मन चान्सलरले अजोभ्स्टलमा यूक्रेनी सुरक्षाकर्मीले आत्मसमर्पण गरेपछि रूसको नियन्त्रणमा रहेका करिब दुई हजार ५०० यूक्रेनी रक्षकहरूलाई मुक्त गर्न पनि आग्रह गरिएको थियो । (रासस÷एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर