राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले घरमै पुगेर भेटे धरानका मेयर हर्क साम्पाङलाई — OSNepal

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले घरमै पुगेर भेटे धरानका मेयर हर्क साम्पाङलाई

LC (KTM) May 28, 2022 0

काठमाण्डौमा बालेन शाह र धरानमा हर्क साम्पाङ अहिले सबैको आशाका केन्द्र बनेका छन् । हरेक चुनावमा भोट दिएर पठाए पनि माखो नमार्ने राजनितीक दलका नेताहरुका लागि यी दुबै युवा चुनौती बनेका छन् । स्वतन्त्र उम्मेद्धारका रुपमा उदाएका यी दुई युवाको प्रतिनिधिसभाको बैठकमा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खुलेरै प्रशंसा गरे ।

त्यतिमात्र हैन राजनितीक दल नसच्चिए बालेन र हर्क जस्ता मान्छे देशभर जन्मन सक्ने समेत बताए । प्रतिनिधिसभामा प्रचण्डले तारिफ गरिरहदा यता पछिल्लो समय राप्रपामा थापाको बिरासत तोडेर नेतृत्व हत्याउन सफल भएका राजेन्द्र लिङदेन भने धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङलाई भेट्न उनकै निवास पुगेका छन् । लिङदेनले हर्क लाई भेटेरै बधाई तथा शुभकामना दिएका छन् ।

पार्टी प्रवेश तथा भेटघाट कार्यक्रमका लागि लिङ्देन शनिबार विराटनगर र धरान पुगेका थिए । सोही अवसर पारेर लिङदेनले साम्पाङ संग भेट गरेका हु्न्। लिङ्देन धरानको कार्यक्रममा पुगेका बेला स्वतन्त्र उम्मेदवारी दिएर भर्खरै मेयरमा निर्वाचित सम्पाङलाई भेट्न तथा बधाई दिन निवासमै पुगेको राप्रपा झापाका अध्यक्ष केशव ओझाले पुष्टि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर