थाहा पाउनुहोस् यस्तो छ तपाईंको आजको राशिफल — OSNepal

थाहा पाउनुहोस् यस्तो छ तपाईंको आजको राशिफल

LC (KTM) May 29, 2022 0

काठमाडौं, १५ जेठ:

१५ जेठ २०७९, आइतबार । मे महिनाको २९ तारिख २०२२ ज्येष्ठकृष्णपक्ष चतुर्दशी, कृतिका नक्षत्र, अतिगण्ड योग, चन्द्रमा मेष राशिमा छ । आजका देवता र ग्रहदेव चन्द्र हुन् । बिहान सूर्योदयको दर्शन गर्नुहोला । आज बिहान ५ः११ मा सूर्योदय भएको छ भने सूर्यास्त १८ः५२ मा हुनेछ । आइतबारलाई आदित्यबार पनि भनिन्छ । आइतबारको दिन बनाएको योजना मुताविक काम गर्दा मनमा प्रसन्नता हुनेछ । साताभरीको कार्यायोजना तयार गरेर अगाडि बढ्नु होला । आज ११ः३४ देखि १२ः२८ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा गरेको काम सफलता मिल्नेछ ।

सरकारी कामकाजका लागि पनि आइतबारको दिन शुभ मानिन्छ । यद्यपि पछिल्लो समय नेपालमा आइतबार सार्वजनिक बिदा हुने गरेको छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता छाउने छ । त्यसैले मेष राशिका जातकले सकारात्मक सोच राख्नु होला । आजको दिन सार्थक कार्य गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : वृष राशिका जातका लागि आज अर्थलाभ हुनेछ । व्यापारबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । पूर्व दिशा तर्फको यात्रा फलदायी हुनेछ । तपाईको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : धनलाभ र नयाँ सुखद खबरले खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । कम बोल्नु र आफ्नो नियमित काम गर्नु बुद्धिमानी हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने पश्चिमतर्फको यात्रा सफल हुनेछ । सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । आजको दिन सोच विचार गरेर निर्णय गर्नु वेश हुनेछ । आइतबार सूर्योदयको दर्शन र कुमारी कन्यालाई केही उपहार र खानेकुरा दिनु वेश हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : सिंह राशिका जातकले सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन अनुकूल रहेको छ । त्यसैले केही नयाँ कामको शुरुवात गर्न सक्नुहुनेछ । सहयोग गर्नुभए वापत मानसम्मान मिल्नेछ । पारिवारका सदस्यले समेत तारिफ गर्नेछन् । कसैसँग पनि विवाद हुने काम नगर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : छोटो दुरीको हुनसक्छ । नयाँ र संत्सगी मित्रसँगको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने तपाईलाई उनको आशीर्वादले तपाईमा सकारात्मक सोच बढ्ने छ । बृद्ध व्यक्तिलाई खाना र नाना उपहार दिनु राम्रो हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापारमा हुनुहुन्छ भने आजको दिन हानी हुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला । अर्थलाभ हुनेछ, कसैप्रति गलत भावना नराख्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । नयाँ क्षेत्र र लगानीको काम गर्नुछ भने आज उपयुक्त समयमा काम अघि बढाउन सक्नुहुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । अनावश्यक आरोप लाग्नसक्छ । त्यसैले आजको दिन कुनै देवालय, शिवालयको यात्रापछि मात्र आजको दिनको शुरुवात गर्नुभयो भने ग्रहको प्रभावले कार्यकुशलता बृद्धि हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : व्यापारबाट लाभ हुने देखिन्छ । परिवार र आफन्तजनको साथ सहयोगबाट नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । बृद्ध र बालकलाई मानसम्मान गर्नहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : मनमा आज प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । सबैको हित हुने सोच र काम गर्नुभएको छ भने अप्रत्याशित फल प्राप्त हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची): बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ काम गर्न खोज्नुभएको छ भने आइतवारको दिन तपाईको लागि उत्तम दिन हो । सरकारी झमेलामा पर्नुभएको छ भने आजको दिन पहल गर्नुभयो भने साता भित्र तपाईको काम सम्पन्न हुनसक्नेछ । साँझको समयमा परिवारका सदस्यलाई केही खानेकुरा उपहार दिनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर