काठमाडौं १५ जेठ । सरकारले उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गर्ने भएको छ ।
आइतबार संसद भवनबाट आर्थिक वर्ष २०७९ ८० को बजेट प्रस्तुत गर्दै प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गरिएको बताएका हुन् ।
हदबन्दीसम्बन्धी व्यवस्थालाई समेत पुनरावलोकन गरिने शर्माले बताएका छन् ।