रेल, जल यातायात र रोपवे सेवा अध्ययन अघि बढाइने — OSNepal

रेल, जल यातायात र रोपवे सेवा अध्ययन अघि बढाइने

LC (KTM) May 29, 2022 0

काठमाडौँ, १५ जेठ-सरकारले रेल र मेट्रोरेल आयोजनाका लागि रु छ अर्ब ५३ करोड विनियोजन गरेको छ । आज सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पूर्व–पश्चिम विद्युतीय रेलमार्गको बर्दिवास–निजगढ खण्डको निर्माणलाई तीव्रता दिइने बताउनुभयो । वीरगञ्ज–काठमाडौँ रेलमार्ग र काठमाडौँ मेट्रोरेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने उहाँले बताउनुभयो ।

विराटनगर–धरान, पथलैया–वीरगञ्ज, भैरहवा–बुटवल र पोखरा उपत्यकामा ट्राम यातायातको सम्भाव्यता अध्ययन गरिने भएको छ । सरकारले जयनगर–जनकपुर–कुर्था रेल यातायात सेवा विस्तार गरी बिजलपुरासम्म विस्तार गर्ने उल्लेख छ ।

बिजलपुरा–बर्दिवास र विराटनगर खण्डमा जग्गा प्राप्तिका लागि स्रोतको प्रबन्ध गरिएको छ । भिट्टामोड–जलेश्वर–जनकपुर रेल यातायात सेवा विस्तारको सम्भाव्यता अध्ययन गरिने भएको छ । जल यातायात सेवालाई प्रवद्र्धन गर्न कोशीको चतरा, नारायणीको नारायणघाट र कर्णालीको चिसापानीमा फेरी टर्मिनल निर्माण सुरु गरिने भएको छ ।
यीलगायत सम्भाव्य स्थानहरूमा सार्वजनिक निजी साझेदारीमा टर्मिनल निर्माण गरिने उल्लेख छ । पहाडी र हिमाली क्षेत्रमा ढुवानी सुविधा उपलब्ध गराउन रोपवे सेवा विकासको सम्भाव्यता अध्ययन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर