संस्कृत भाषाको पुर्नजागरण गरिनुपर्ने कांग्रेस बरिष्ठ नेता पौडेलको भनाई — OSNepal

संस्कृत भाषाको पुर्नजागरण गरिनुपर्ने कांग्रेस बरिष्ठ नेता पौडेलको भनाई

LC (KTM) June 14, 2021 0

राजनीतिमा आफुलाई स्थिर हुन संस्कृत भाषाले एकदमै ठुलो सहयोग पुगेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । उनले संस्कृत र यसका विद्वानप्रति कृतज्ञता समेत प्रकट गरेका छन् ।

अमृत भाषाका रुपमा रहेको संस्कृतको पुनर्जागरण गरिनुपर्ने उनले बताएका छन् । प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको ७० औँ वार्षिकोत्सवका अवसरमा सोमबार जुम प्रविधिबाट आयोजित कार्यक्रममा उनले संस्कृत मासिने भाषा नभएको बताए ।

उनले ज्योतिष, आयुर्वेद, दर्शनजस्ता ज्ञान, विज्ञान रहेकाले संस्कृत विश्वकै धनी भाषामध्येमा पर्ने बताए । विद्यापीठका पूर्व विद्यार्थीसमेत रहेको पौडेलले संस्कृत भाषाकै पृष्ठभूमिमा नेपाली भाषा परिष्कृत भएकाले राजनीतिकै कारण यसलाई बिगार्नु नहुने बताए ।

विसं २०२० देखि २०२४ सालसम्म आफूले तत्कालीन संस्कृत महाविद्यालयबाट संस्कृत साहित्यमा शास्त्री उत्तीर्ण गरेको नेता पौडेलले सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर