विवादमा तानिएको आमीर र करिनाको चलचित्र ‘लाल सिंह चड्डा’को पोस्टर जलाइयो — OSNepal

विवादमा तानिएको आमीर र करिनाको चलचित्र ‘लाल सिंह चड्डा’को पोस्टर जलाइयो

LC (KTM) May 31, 2022 0

मुम्बइ । बलिउड अभिनेता आमीर खानको चलचित्र ‘लाल सिंह चड्डा’ विवादमा तानिएको छ । बलिउडको प्रतीक्षित मानिएको यो फिल्म अगष्ट ११ बाट रिलिज हुँदै छ । आमीर र करिना कपूरले शीर्ष भूमिकामा रहेर अभिनय गरेको ‘लाल सिंह चड्डा’को मे २९ मा ट्रेलर रिलिज हुँदै छ ।

तर ट्रेलर रिलिज अगावै फिल्म विवादमा तानिएको हो । हिन्दू संगठनले यो फिल्मको विरोध गर्दै आमीरको पोस्टर जलाएका छन् । उत्तर प्रदेशको सुल्तानपुरमा हिन्दु सौर्य दैनिकमा खबर छ । संगठनसँग आवद्ध व्यक्तिहरूले आमीर खान र फिल्मविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले आमीरको पोस्टर च्यातेर बाटोमा जलाएका छन् ।

उनीहरुले ट्रेलर रिलिजको दिन सडकमै आएर प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन् । हिजाब समर्थक आमिरले प्रायः भारतको संस्कृति र सभ्यताविरुद्ध बोल्दै आएका छन् । आईपीएलको फाइनलको अवसरमा आमीरको फिल्मको ट्रेलर सार्वजनिक हुँदैछ । यहि अवसरमा आमीरलाई आईपीएलमा बोलाइएको छ । ‘यस्ता व्यक्तिलाई आईपीएल व्यवस्थापनले कसरी बोलाइरहेको छ, हामीले बुझ्न सकेको छैन’, सनातन रक्षक सेनाका प्रदेश उपाध्यक्ष राहुल सिंहले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर