निर्देशक सुकुमारले अब ‘पुष्पा २’का लागि चर्को पारिश्रमिक लिने — OSNepal

निर्देशक सुकुमारले अब ‘पुष्पा २’का लागि चर्को पारिश्रमिक लिने

LC (KTM) May 31, 2022 0

अल्लु अर्जुन र रश्मिका मन्दना अभिनित फिल्म ‘पुष्पाः द राइज’ले दर्शकको मन यसरी जितेको छ कि फ्यानहरु यस फिल्मको भाग २ को प्रतिक्षामा छन् । यस्तो अवस्थामा फ्यानलाई निराश नगरी निर्माताले यो फिल्म अर्थात् ‘पुष्पा २ स् द रुल’ मा काम गर्न थालेका छन् । चाँडै नै यो फिल्मको रिलिजको प्रतिक्षा पनि समाप्त हुँदैछ । , यसै क्रममा यो फिल्मसँग जोडिएको एउटा रोचक खबर बाहिर आएको छ ।

‘पुष्पाः द राइज’को सफलतालाई ध्यानमा राख्दै निर्देशक सुकुमारले दोस्रो पार्टका लागि आफ्नो पारिश्रमिक निकै बढाएका छन् । निर्देशक सुकुमारले ‘पुष्पा २स् द रुल’का लागि ठूलो रकम मागेका छन् । यस फिल्मका लागि निर्देशकले ४० करोड भारु लिइरहेका छन् । यो रकम सानो रकम होइन। सुकुमारले ‘पुष्पा’का लागि १८ करोड भारु लिएका थिए । तर पार्ट २ गर्न निर्देशकले दोब्बरभन्दा बढी पारिश्रमिक मागेका छन् । ‘पुष्पा २’ मा निर्माताहरुले निकै मिहिनेत गरिरहेका छन् । ‘पुष्पाः द राइज’ भन्दा यो फिल्ममा दोब्बर लगानी भइरहेको छ ।

समाचार अनुसार यो फिल्म ‘पुष्पा’ को कुल बजेट २०० करोड थियो, अहिले दोस्रो भागको बजेट बढेर ४०० करोड पुगेको छ । पैसासँगै यो फिल्मलाई सुपरहिट बनाउनका लागि निर्माता पनि निकै मेहनत गरिरहेका छन् । ‘पुष्पा’ ले बक्स अफिसमा धमाका मच्चाएको थियो । यो फिल्मलाई निकै रुचाइएको थियो । योसँगै निर्माताहरु यस फिल्मको पार्ट २ अर्थात् ‘पुष्पा २’ सुपरहिट होस् भन्ने चाहन्छन् । यस्तो अवस्थामा निर्माताहरु कुनै पनि कमजोरी छोड्न चाहँदैनन् । समाचारका अनुसार ‘पुष्पा २’ मा केही बलिउड सेलेब्सले पनि एन्ट्री लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर