गंगाले दाँत माझीरहँदा पेटभित्र पस्यो १५ सेन्टीमिटरको ब्रस, पेटको शल्यक्रिया गरेर निकालियो — OSNepal

गंगाले दाँत माझीरहँदा पेटभित्र पस्यो १५ सेन्टीमिटरको ब्रस, पेटको शल्यक्रिया गरेर निकालियो

LC (KTM) June 15, 2021 0

काठमाडौँ । तपाईले ब्रस गर्दा ब्रस मुखको भित्र पट्टी जिब्रो नै सफा गर्ने बानी छ ? यदी त्यस्तो बानी छ भने आज नै छाडिदिनुहोस् नत्र दुख पाउनुहोला ।

दाँत माझ्ने क्रममा मुखको भित्रसम्म ब्रस छिराएर जिब्रो सफा गर्दै गर्दा चिप्लिएर ब्रस पेटभित्र पसेपछि विराटनगरका ३५ बर्षीय गंगा मगरले अहिले ठूलो दुख भोग्नु पर्यो । धारामा गएर ब्रस गर्दागर्दै जिब्रो पनि ब्रसले सफा गर्ने धुनमा उनको १५ सेन्टीमिटरको ब्रस पुरै पेटभित्र पसेपछि उनी आत्तिनै नोबेल शिक्षण अस्पताल पुगे ।

अस्पताल पुगेर सबै कुरा चिकित्सकलाई सुनाए लगत्तै इन्डोस्कोपी गरेर हेर्दा ब्रस पेटभित्र देखियो । नोबेलका चिकित्सकले इण्डोस्कोपीबाटै ब्रस तान्ने कोसिस गरे तर ननिस्किएपछि पेटको शल्यक्रिया नै गरेर ब्रस बाहिर निकालिएको नोबेलका शल्यचिकित्सक डा। अमित भट्टराईले जानकारी दिए । नोबेलका चिकित्सक डा।भट्टराई नेतृत्वको चिकित्सकहरुको टोलीले निकै सावधानी अपनाएर ब्रस बाहिर निकालेपछि अहिले गंगा पूर्ण रुपमा स्वस्थ रहेको उनकी पत्नि पुनमले जानकारी दिइन् ।

सुरुमा पत्यार नलागेको तर साँच्चिकै रहेछ भन्दै उनी जिस्किइन् । हात पनि र्‍यालले चिप्लो भएको थियो, एक्कासी चिप्लिएर ब्रस भित्र पस्यो भन्दा उहाँले जिस्क्याउनु भएको भन्ने लागेको थियो तर अस्पताल आएपछि सबै समस्याको समाधान भएको भन्दै उनले ब्रस गर्ला कहिल्यै मुख भित्र धेरै पसाल्न नहुने कुरामा समेत सबैलाई सचेत हुन आग्रह गरिन् । शल्यक्रिया गरेपछि स्वास्थ्यलाभ गरिरहेका गंगाको अहिले स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर