चर्चित हाँस्य कलाकार जितु नेपाल मुन्द्रेको आज जन्मदिन — OSNepal

चर्चित हाँस्य कलाकार जितु नेपाल मुन्द्रेको आज जन्मदिन

LC (KTM) June 15, 2021 0

काठमाडौँ । चर्चित हाँस्य कलाकार जितु नेपाल मुन्द्रेको आज जन्म दिन परेको छ । आजबाट उनी ४६ वर्षमा लागेका छन् ।

२०३२ असार १ गते जन्मिएका जितु हिजोआजका कुरा लगायतका थुप्रै टेलीचलचित्र तथा कैयौँ फिल्महरुमा आफ्नो कुशल अभिनय देखाएर लोकप्रिय बन्न सफल छन् । पछिल्लो समय उनी चर्चित टेलिभिजन शो मुन्द्रेको कमेडी क्लबमा ब्यस्त छन् ।

२०५९ साल फागुन १३ गते मुना नेपालसँग वैवाहिक बन्धनमा बाँधिएका जितुलाई बिहानैदेखि आफन्त शुभचिन्तक तथा सामाजिक संजालका प्रयोगकर्ताहरुले शुभकामना दिइरहेका छन् । जन्मदिनको अवसरमा मुन्द्रेलाई हाम्रो पनि शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर