निषेधाज्ञाका समयमा पनि दुई घण्टा पैदल हिँडेर दमौली बजारमा निउरो बिक्री गर्न आउछन् तनहुँका महिला — OSNepal

निषेधाज्ञाका समयमा पनि दुई घण्टा पैदल हिँडेर दमौली बजारमा निउरो बिक्री गर्न आउछन् तनहुँका महिला

LC (KTM) June 15, 2021 0

काठमाडौ । तनहुँको ऋषिङ गाउँपालिकास्थित सेटाङका महिला दमौली बजारमा निउरो बिक्री गर्दै । निषेधाज्ञाका समयमा करिब दुई घण्टा पैदल हिँडेर महिलाहरु दमौली बजारमा निउरो बिक्री गर्न आउने गरेका छन् ।

मुख्यमन्त्री पोखरेलद्वारा भूमे पर्वको शुभकामना-:लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले भूमे पर्व नेपाली समाजको महत्वूर्ण संस्कृतिको रुपमा स्थापित हँुदै गएको बताउनुभएको छ । आज शुभकामना सन्देश दिंदै उहाँले लुम्बिनी प्रदेशको रोल्पा र रुकुममा खामा भाषी मगर समुदायले मनाउने सो विशेष सांस्कृतिक पर्व भएको उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले यसबाट एकता, सदभाव र मेलमिलापको वातावरण बनाउन सहयोग गर्ने उल्लेख गर्दै यो पर्व प्रकृतिसँग सम्बन्धित भएकाले मानव र प्रकृतिबीचको गहिरो सम्बन्धलाई उजागर गर्छ भन्नुभएको छ । उहाँले प्रकृतिले दिएको अमूल्य उपहार माटो, पानी, जीवजन्तु, रुख विरुवाको संरक्षण र सही उपयोग गर्दा मात्रै मानवको जीवन सरल र सहज हुने बताउनुभएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जातजाति र समुदायको उत्थान र विकासमा जोड दिएको उल्लेख गर्दै सन्देशमा अल्पसङ्ख्यक आदिवासी, पछाडि पारिएका समुदायको उत्थानका लागि संवैधानिक आयोग गठन गर्ने व्यवस्था गरेर सम्मान व्यक्त गरिएको छ । यस अवसरमा रोल्पा र रुकुममा आज सार्वजनिक बिदा दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर