महिनामा दुई पटकभन्दा बढी पेट्रोलियम पदार्थको मूल्य बढाइएको छैन, अझ पनि निगम मासिकरूपमा सात अर्ब भन्दा बढी घाटामा छ — OSNepal

महिनामा दुई पटकभन्दा बढी पेट्रोलियम पदार्थको मूल्य बढाइएको छैन, अझ पनि निगम मासिकरूपमा सात अर्ब भन्दा बढी घाटामा छ

LC (KTM) June 03, 2022 0

काठमाडौं २० जेठ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले महिनामा दुई पटकभन्दा बढी पेट्रोलियम पदार्थको मूल्य समायोजन नभएको दाबी गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभामा प्रस्तुत सार्वजनिक महत्त्वको प्रस्तावमा उठेका विषयहरूको जवाफ दिँदै मन्त्री बडूले प्रस्तावमा यस्तो दावी गरेका हुन् ।

२०७९ जेठ १ गते र जेठ ९ गते लागू हुने गरी दुई पटक मूल्य बढाएको भन्ने विवरणमा कुनै सत्यता नभएको भन्दै मन्त्री बडुले २०७८ चैत महिनामा २ गते र २२ गते गरी मूल्य समायोजन भएको र २०७९ वैशाखमा ३१ गते र जेठ महिनामा ८ गते एक पटक मात्र मूल्य समायोजन भएको दावी गरेका छन् ।

‘प्रस्तुत सार्वजनिक महत्त्वको प्रस्तावमा उल्लेखित २०७९ जेठ १ गते र जेठ ९ गते लागू हुने गरी दुई पटक मूल्य बढाएको भन्ने विवरणमा कुनै सत्यता छैन । वैशाख ३१ गते र जेठ ८ गते मात्र मूल्य समायोजन गरिएको छ । स्वीकृत कार्यविधि र प्रावधानविरुद्ध गइ महिनामा दुई पटकभन्दा बढी मूल्यवृद्धि भएको छैन ।’उनले भनेका छन् ।

नेपाल आयल निगमलाई खारेज वा निजीकरण गर्ने भन्ने कुरामा कुनै सत्यता नभएको दावी गरेका उनले अहिले पनि निगमलाई मासिकरूपमा सात अर्ब ७७ करोड रुपैयाँ घाटामा रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर