अस्पतालमा कोरोना सङ्क्रमित बिरामीहरुको चाप बढ्दै गएपछि अक्सिजनको माग बढ्यो,अक्सिजन लिन उद्योग धाउँदै अस्पतालहरु — OSNepal

अस्पतालमा कोरोना सङ्क्रमित बिरामीहरुको चाप बढ्दै गएपछि अक्सिजनको माग बढ्यो,अक्सिजन लिन उद्योग धाउँदै अस्पतालहरु

LC (KTM) May 12, 2021 0

बनेपा । अस्पतालमा कोरोना सङ्क्रमित बिरामीहरुको चाप बढ्दै गएपछि अस्पतालहरुलाई अक्सिजन धान्न मुश्किल परेको छ । अस्पतालमा उपचारका लागि आउने कोरोना सङ्क्रमित बिरामीहरुको लागि अक्सिजनको आवश्यकता बढेपछि काठमाडौँ उपत्यकामा रहेका अस्पतालहरु काभ्रेमा रहेको अक्सिजन उद्योगमा अक्सिजन लिनको लागि धाउने क्रम बढेको छ ।

अक्सिजनको सिलिण्डर बोकेर काठमाडौँ उपत्यकामा रहेका अस्पतालहरु काभ्रेको पनौती नगरपालिका–५ ढलमलेमा रहेको नवज्योती ग्यासेस प्रालिमा अक्सिजन लिन आउनेको घुँईचो लागेको छ ।

‘जिल्लामा रहेको अक्सिजन उद्योगमा दैनिक रुपमा सयौँ सिलिण्डर अक्सिजन उपलब्ध गराइ दिनुप¥यो भन्दै आउने अस्पतालहरुको सङ्ख्या थुप्रै रहेको छ’ काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो ।गोरखापत्र दैनिकमा छापिएको छ ।

उहाँले उद्योगको क्षमताभन्दा धेरै अक्सिजनको माग आइरहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पोखरेलले उद्योगमा काठमाडौँको बिर अस्पताल, शिक्षण अस्पताल, नेपाली सेनाको अस्पताल, शसस्त्र प्रहरी अस्पताल, अल्का अस्पताल, नागरिक अस्पताललगायतका थुप्रै अस्पतालबाट अक्सिजन उपलब्ध गराइदिन फोनहरु आउने गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर