निणर्य भएको २४ घण्टा नबित्दै नेकपा एमालेको ओली समुहको निणर्य परिर्वतन — OSNepal

निणर्य भएको २४ घण्टा नबित्दै नेकपा एमालेको ओली समुहको निणर्य परिर्वतन

LC (KTM) June 15, 2021 0

काठमाडौँ १ असार । निणर्य भएको २४ घण्टा नबित्दै नेकपा एमालेका अध्यक्ष केपी ओली समुहका सुदूरपश्चिम प्रदेशका ७ जना प्रदेशसभा सदस्यहरु तत्काल निलम्बन नहुने भएका छन् । हिजो सोमबार बसेको प्रदेश सभाको संसदीय दलको बैठकले पार्टीको ह्रिप उल्लंघन गरेको आरोपमा सात जना प्रदेश सांसदहरुलाई ७ देखि १५ दिन सांसद पदबाट निलम्बन गर्ने निणर्य गरेको थियो ।

प्रमुख सचेतक दुर्गाकुमारी विकले जनाए अनुसार तत्काल सांसदहरुलाई कारवाही गरेको सुचना सभामुखलाई दिन आवश्यक नभएको भन्दै निलम्बन गरिएको अवधीभर संसदीय दलको बैठकमा भाग लिन नपाउने निणर्य भएको छ ।

हिजो बसेको प्रदेश सभाको बैठकले पठानसिंह बोहरा र रतन थापालाई १५ दिन, लीलाधर भट्ट र बलदेव रेग्मीलाई १० दिन तथा नेपालु चौधरी, माया तामाङ बोहरा र ग्याल्बु बोहरालाई ७ दिन निलम्बन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर