आज ह्वात्तै घट्यो सुनको मूल्य — OSNepal

आज ह्वात्तै घट्यो सुनको मूल्य

LC (KTM) June 05, 2022 0

काठमाडौं:
आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ९० रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर