आयोगको निणर्य पूर्वाग्रहपूर्ण भएकोले कानुनी लडाई लड्न तयार छौं : यादव — OSNepal

आयोगको निणर्य पूर्वाग्रहपूर्ण भएकोले कानुनी लडाई लड्न तयार छौं : यादव

LC (KTM) June 15, 2021 0

काठमाडौँ १ असार । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निवार्चन आयोगको निणर्य पूर्वाग्रहपूर्ण भएको बताएका छन् । आज मंगलबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष यादवले निर्वाचन आयोगको निर्णयले पार्टी विधान विपरीत काम गर्ने, दलको आचारसंहिता पालना नगर्ने, अराजक एवं अनुशासनहीन पदाधिकारी र कार्यकारिणी सदस्यलाई परोक्ष रूपले वैधानिकता दिन खोजिएको जस्तो देखिन्छ जुन कार्य विधिसम्मत नदेखिएको बताएका छन् ।

आयोग आफ्नो संवैधानिक र कानुनी दायित्वबाट पन्छिएको आरोप लगाएका यादवले विज्ञप्ती मार्फत पार्टीका पदाधिकारी र बहुमत सदस्यले गरेको निर्णयलाई आयोगले अवैध भनी घोषणा गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

यादवले आयोगको निणर्य विरुद्ध आफुहरुका कानूनी लडाई लड्ने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर