सेयर बजारमा लगानीकर्ताले १३ खर्ब रुपैयाँ गुमाए — OSNepal

सेयर बजारमा लगानीकर्ताले १३ खर्ब रुपैयाँ गुमाए

LC (KTM) June 06, 2022 0

पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सेयर बजारमा लगानीकर्ताले १३ खर्ब रुपियाँ गुमाएका छन् । एक वर्षअघि सेयर बजार उचाइमा पुगेका बेला नेप्सेमा सूचीकृत कम्पनीको बजार पुँजीकरण ४४ खर्ब रुपियाँसम्म पुगेकामा अहिले ३१ खर्बको हाराहारीमा झरिसकेको छ।

यसैगरी गत भदौ २ गते ३२२० को बिन्दुलाई छोएको नेप्से परिसूचक अहिले दुई हजारको हाराहारीमा झरेको छ । सोही दिन २१ अर्ब ३१ करोड ३४ लाख रुपियाँको सेयर कारोबार भएकामा अहिले एक अर्ब रुपियाँभन्दा तल झर्न थालेको छ। गत वर्षको भदौमा उत्साहजनक आजको गोरखापत्र दैनिकमा समाचार छ ।रूपमा उकालो लागेर ३२ सय नजिक पुगेको बजार अहिले दुई हजारको बिन्दुमा पुगेको हो। केही सीमित व्यक्ति र समूहले ५१ वटा कम्पनीको मूल्य अस्वाभाविक रूपमा बढाएको देखिएको भन्दै प्रतिवेदन अर्थ मन्त्रालयमा बझाएपछि सेयर बजारमा ठूलो तरङ्ग पैदा भएको थियो । त्यसपछि पनि सम्हालिँदै गरेको बजार चालू आर्थिक वर्षको मौद्रिक नीति गत साउन २९ गते आएपछि घट्न थालेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर