मोटरसाइकल दुर्घटना हुँदा अक्षय कुँवरको मृत्यु — OSNepal

मोटरसाइकल दुर्घटना हुँदा अक्षय कुँवरको मृत्यु

LC (KTM) June 07, 2022 0

कास्की, २४ जेठ :

कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार स्थानीय २७ वर्षीय अक्षयराज कुँवरको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका ३५ वर्षीय दिलिप कुँवरको सोही अस्पतालमा उपचार भइरहेको छ ।

नौडाँडाबाट पोखरातर्फ जाँदै गरेको ग १० प ७६६६ नम्बरको मोटरसाइकल गएराती साढे ९ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।

मोटरसाइकलमा सवार २ जना मध्ये चालक को हुन् भन्ने खुल्न नसकेको अस्थाई प्रहरी पोष्ट हेम्जाा कास्कीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर