गुल्मी र मकवानपुरमा चट्याङ लागेर तारा र जमुनाको मृत्यु — OSNepal

गुल्मी र मकवानपुरमा चट्याङ लागेर तारा र जमुनाको मृत्यु

LC (KTM) June 07, 2022 0

काठमाडौं, २४ जेठ :

गुल्मी र मकवानपुरमा चट्याङ् लागेर दुई जनाको मृत्यु भएको छ । गुल्मीको इश्मा गाउँपालिका–५ बजाउने डाँडा बस्ने ४० वर्षीया तारा सार्कीको चट्याङ लागेर सोमबार साँझ मृत्यु भएको हो ।

आफ्नै बारीमा काम गरिरहेको अवस्थामा अचानक चट्याङ लागेर वेहोस भएकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, मकवानपुरको मनहरी गाउँपालिका–६ हिलेदमार बस्ने ३७ वर्षीया जमुना मायाँ मोक्तानको चट्याङ लागेर सोमबार साँझ मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर