महामारीको चपेटामा परेको भारतमा फेरि ४ लाखभन्दा बढीमा संक्रमण, थप ४१ सय ९४ जनाले गुमाए ज्यान — OSNepal

महामारीको चपेटामा परेको भारतमा फेरि ४ लाखभन्दा बढीमा संक्रमण, थप ४१ सय ९४ जनाले गुमाए ज्यान

LC (KTM) May 08, 2021 0

काठमाडौं- महामारीको चपेटामा परेको भारतमा संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४ लाख १ हजार ३२६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड १८ लाख ८६ हजार ६११ पुगेको छ । भारतमा १ करोड ७९ लाख १७ हजार ८५ जना संक्रमणमुक्त भएका छन् ।

अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख ३१ हजार २६१ छ । यस्तै त्यहाँ एकैदिन ४१ सय ९४ संक्रमितको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ३८ हजार २६५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर