गगनले गराए गृहमन्त्री अधिकारीको ध्यानाकषर्ण — OSNepal

गगनले गराए गृहमन्त्री अधिकारीको ध्यानाकषर्ण

LC (KTM) June 15, 2021 0

काठमाडौँ १ असार । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री गगन थापाले यस मनसुनमा वाढीपहिरोको उच्च जोखिम रहेको विज्ञले बताइरहेको अवस्थामा यस सम्बन्धि आवश्यक पुर्वतयारी थाल्न गृहमन्त्री खगराज अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

नेता थापाले पूर्व तयारी नगर्दा कोरोना महामारीले ठूलो क्षति गरेजस्तै बाढीपहिरोको उच्च जोखिमबाट बच्च पूर्व सावधानी, खोज, उद्धार र सुरक्षाका लागि अविलम्ब तयारी गर्न गृहमन्त्री अधिकारीलाई आग्रह गरेका हुन् । नेता थापाले सामाजिक सञ्जाल मार्फत गृहमन्त्रालयको ध्यानाकषर्ण गराएका हुन् ।

थापाले ट्विटरमा लेखेका छन्, ‘पूर्व तयारी नगर्दा कोरोना महामारीले ठूलो क्षति गरिरहेको छ । विपद्लाई रोक्न नसके पनि क्षति न्यून गर्न सकिन्छ । यस मनसुनमा बाढीपहिरोको उच्च जोखिम रहेको विज्ञले बताइरहेका छन् । अतः क्षति न्यून गर्न पूर्व सावधानी, खोज, उद्धार र सुरक्षाका लागि अविलम्ब तयारी गर्न गृहमन्त्री खगराज अधिकारीको ध्यानाकर्षण गराउँछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर