बिबादकै घेरामा रुमलिदै नायिका कंगना रनावत, फेरी आयो यस्तो फसाद , अब के गर्लिन त कंगनाले ? — OSNepal

बिबादकै घेरामा रुमलिदै नायिका कंगना रनावत, फेरी आयो यस्तो फसाद , अब के गर्लिन त कंगनाले ?

LC (KTM) June 15, 2021 0

बलिउडकी नायिका कंगना रनावत एउटा न एउटा कारण बाट सधै सामाजिक सञ्जालमा भाईरल भइनै रहेकी हुन्छिन् । उनी बलउडकै सबैभन्दा खरो र कडा टिप्पणी गर्ने नायिकाको पहिलो नम्बरमै आउँछिन् । उनी आफ्ना बलिउडका कलाकार मात्र हैन सरकार संग समेत जोरी खोज्छिन् ।

सुशान्त सिंह राजपुतको आत्म ह त्या पछि नेपोटिज्मको मुद्धामा खूल्ला बहस गर्ने , ट्विटर एकाउण्ड सस्पेन्स हुने , वेष्ट बंगला सरकारलाई ताना मार्ने देखी लिएर अनेकौ बिबादमा आउने गर्छिन् कंगना । अब फेरी उनलाई पासपोर्टको समस्या आएको छ । यसपटक, उनी पासपोर्ट नविकरण नभएपछि अदालत पुगेकी छिन् ।

गतबर्षको अक्टुबर १७ तारिखमा कंगनाले विभिन्न धार्मिक समुहविच दुश्मनी बढाउनका लागि सहयोग गरेको भन्दै उनीविरुद्ध एफआइआर दर्ता गरिएको थियो । कंगनाको नाममा बान्द्रा प्रहरी स्टेशनमा एफआइआर दर्ता गरिएको थियो । सोही, एफआइआरका कारण पासपोर्ट विभागले उनको पासपोर्ट विभागले पासपोर्ट नविकरण गर्न नमानेको हो ।

चलचित्रको छायांकनका लागि बाहिर जानुपर्ने भएकोले उनले नबिकरणका लागि अपिल गरेकी हुन् । उनको पासपोर्टको म्याद सेप्टेम्बरमा सकिदैछ । जुन १५ देखि कंगनालाई बुडापेष्टको यात्रा गर्नुपर्नेछ । तर, पासपोर्ट नविकरण नभएपछि कंगनाले अदालतमा उजुरी दिदै आफू एक नायिका भएका कारण छायांकनका लागि विभिन्न देशमा जानुपर्ने भएकाले पासपोर्ट नविकरणका लागि अपिल गरेकी हुन् ।
उनले, एफआइआरलाई कारण देखाउँदै पासपोर्ट नविकरणको अधिकारमा संझौता नगर्न पनि उजुरीमा उल्लेख गरेकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर