श्वेतपत्र जारी गर्दै वीरगञ्ज महानगरपालिका — OSNepal

श्वेतपत्र जारी गर्दै वीरगञ्ज महानगरपालिका

LC (KTM) June 08, 2022 0

वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाले महानगरको वस्तुस्थितिबारे नगवासीलाई जानकारी दिन श्वेतपत्र जारी गर्ने भएको छ । महानगर प्रमुख राजेशमान सिंहले नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेपछिको महानगरको अवस्थाबारे जानकारी दिन श्वेतपत्र जारी गर्न लागिएको जानकारी दिनुभयो ।

श्वेतपत्रमा महानगरको आर्थिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य तथा विभिन्न परियोजनाको वर्तमान अवस्थालगायत विषय समावेश गरिनेछ । श्वेतपत्रले महानगरको यथार्थ चित्रण गर्ने र उक्त अवस्थालाई सुधार्दै नगरवासीको चाहनाबमोजिम काम गर्न सहज हुने उहाँको भनाइछ । महानगरको शैक्षिक, सामाजिक र पूर्वाधार विकासको अवस्था श्वेतपत्रमा समेटिने छ ।

जिसस पर्साको नयाँ नेतृत्व जेठ २७ मा
जिल्ला समन्वय समिति पर्साको नयाँ नेतृत्व चयनका लागि आगामी जेठ २७ गते निर्वाचन हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको कार्यतालिकाबमोजिम नेतृत्व चयनका लागि जेठ २७ गते मतदान हुने र सोही दिन मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नौ सदस्य जिल्ला समन्वय समितिमा सभापति, उपसभापति, तीनजना महिला सदस्य, दलित वा अल्पसङ्ख्यक मध्येबाट एकजना र तीनजना अन्यबाट सदस्यमा निर्वाचित हुने व्यवस्था छ । जिल्लामा कुनै एक राजनीतिक दलको स्पष्ट बहुमत छैन ।

नेपाली कांग्रेसको पालिकाको प्रमुख र उपप्रमुखसहित १२ मत छ भने नेकपा (एमाले) १०, जनता समाजवादी पार्टी ( जसपा) को ५, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक छ । अन्य दलभन्दा कांग्रेस बलियो देखिएको छ । तर नेतृत्वका लागि जनता समाजवादी पार्टी निर्णायक देखिन्छ । समन्वय समितिको नेतृत्वका लागि गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरप्रमुख र उपप्रमुखले मतदान गर्न पाउने छन् भने समितिमा पालिकाको कुनै वडामा सदस्य निर्वाचित भएको जनप्रतिनिधि उम्मेदवार बन्न पाउने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर