लामो समय देखी पहिरो गइरहेको नेप्सेमा आज छायो हरियाली, एकै दिन ६२ अंकले बढ्यो — OSNepal

लामो समय देखी पहिरो गइरहेको नेप्सेमा आज छायो हरियाली, एकै दिन ६२ अंकले बढ्यो

LC (KTM) June 08, 2022 0

काठमाडौं :

धेरैपछि सेयरमा हरियाली छाएको छ । निरन्तर घटिरहेको सेयर बजारमा आज हरियाली छाएपछि लगानी कर्ता खुशी भएका छन् । आज नेप्से परिसूचक ६०।२२ अंकले वृद्धि भयो ।

२.९८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०८०.४४ अंकमा पुगेको छ । आज २ सय ३१ वटा कम्पनीका ५० लाख ५ हजार ८ सय १४ कित्ता सेयर खरिदबिक्री भएको छ भने १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले ४ सदस्यीय सेयर बजार सुधार सुझाव समिति गठन गरेकै दिन सेयर बजारमा हरियाली छाउँदा धेरैले यसलाई सकारात्मक सुरूवातको संज्ञा दिएका छन् ।

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ५ करोड १२ लाख ४० हजार ३ सय रूपैयाँ बराबरको कारोबार भयो ।उपकार लघुवित्त र सामुदायिक लघुवित्तको १०र१० प्रतिशत सेयर मूल्य वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर