मधेस प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित — OSNepal

मधेस प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

LC (KTM) June 08, 2022 0

काठमाडौं २५ जेठ । मधेस प्रदेशको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

बुधबार मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाको छलफल पछि नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।

छलफलमा प्रदेशका सभामुख सरोजकुमार यादवले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा विपक्षमा कोही नबोलेपछि मधेस प्रदेशको आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।

सर्वसम्मत पारित भएको नीति तथा कार्यक्रममा सरकारले सामुदायिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्रालाई ल्यापटप, सरकारी अस्पतालमा गरिबलाई निस्शुल्क उपचार, ल्याब परीक्षणमा ७५ प्रतिशत छुटलगायतका विषय समेटको थियो ।

यही जेठ २२ गते प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत् गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर