नागिन ३ का कलाकार पर्ल जमानतमा छुटे , तिन पटकको प्रयासमा मिल्यो यस्तो सफलता — OSNepal

नागिन ३ का कलाकार पर्ल जमानतमा छुटे , तिन पटकको प्रयासमा मिल्यो यस्तो सफलता

LC (KTM) June 15, 2021 0

निक्कै दिनको कसरत पछि टेलिभिजन एक्टर पर्ल बी पुरी जमानतमा रिहा भएका छन् । नाबालिग केटीलाई रेप गरेको आरोपमा उनी पछिल्लो ११ दिन न्यायिक हिरासतमा रहेका थिए । उनलाई वसई सेशन कोर्टले जमानत दिएको हो ।

उनी बिरुद्ध पोस्को एक्टमा एफ आई आर दर्ता भएको थियो । उनलाई एक नाबालिग केटीलाई रेप गरेको आरोप लागेको छ । पर्लको वकील जितेश अग्रवालले उनको जमानत भएको पुष्टि गरेका छन् । उनले पुरीलाई जमानतमा छोडिदिएको बताएका छन् ।

पर्ल यसअघि ५ जुनमा बसई कोर्टमा पेश भएका थिए । सो सुनवाईमा उनको जमानतको याचिका खारेज गरिएको थियो । त्यसपछि उनलाई न्यायिक हिरासतमा पठाइएको थियो । तेस्रो पटकको प्रयास पछि उनलाई जमानत मिलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर