कोरोनाका कारण एमाले नेता एवं सांसद पशुपति चौलागाईंको निधन — OSNepal

कोरोनाका कारण एमाले नेता एवं सांसद पशुपति चौलागाईंको निधन

LC (KTM) May 12, 2021 0

काठमाडौं । कोरोनाका कारण एमाले नेता एवं प्रदेश सांसद पशुपति चौलागाईंको निधन भएको छ ।बागमती प्रदेश सभा सदस्य चौलागाईंको निधन भएको । एमाले नेता योगेश भट्टराईले पुष्टि गरेका हुन् ।

उनको उपचारका क्रममा मनमोहन अस्पतालमा निधन भएको हो । २०२० साल फागुन ५ गते जन्मिएका चौलागाईं २०३६ देखि २०३८ सम्म अनेरास्ववियु दोलखाको संस्थापक उपाध्यक्ष भएका थिए ।

२०५६ सालमा दोलखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन जितेका उनी२०६३र६४ को अन्तरिम व्यवस्थापिका सांसद बनेका थिए । त्यस्तै २०७० र ७४ मा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।चौलागाईंका श्रीमतीसहित तीन सन्तान छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर