बलिउडका स्टार आमिर खानको परिवार आर्थिक समस्यका कारण एक समय सडकमा पुगेको थियो , खानले इमोश्नल हुदै खुलाए यस्तो राज — OSNepal

बलिउडका स्टार आमिर खानको परिवार आर्थिक समस्यका कारण एक समय सडकमा पुगेको थियो , खानले इमोश्नल हुदै खुलाए यस्तो राज

LC (KTM) June 15, 2021 0

बलिउडमा जति पनि सफल पुराना कलाकारहरु रहेका छन् उनीहरु धेरै जसो ग्रास लेभल बाटै आएका छन् । उनीहरुले जिवनको दौरानमा अनेकन बाधा अड्चन पार गर्दै सफल बनेका संघर्षका कथाहरु रहेका छन् ।

त्यस्तै बलिउड अभिनेता तथा मिस्टर पर्फेक्टसनिष्ट आमिर खान पनि यहि परिस्थितीबाट गुज्रीएर अहिले यो स्थानमा आईपुगेका हुन् । उनको परिवार सडकमै आईसकेको कुरा उनले खुलाएका छन् ।बलिउड अभिनेता आमिर खानको अत्यधिक सफल फिल्म ‘लगान’ सार्वजनिक रुपमा प्रदर्शन भएको आज २० वर्ष पुरा भएको अवसरमा उनले यो रहस्यको पोको खोलेका हुन् ।

उनी यस्ता कलाकार हुन् उनले आफ्नै कुरालाई काटिरहेका छन् । आमिरले धेरै पटक आफू निर्माता नबन्ने भनेका थिए, तर उनले धेरै सफल फिल्म निर्माण गरेका छन् ।लगान तीनै फिल्महरुमध्ये एक त्यस्तो फिल्म हो, जसमा आमिरले मुख्य भूमिका निर्वाह गरेका छन् । आमिर त्यो बेला आफ्नै परिवारको आर्थिक समस्याका कारण निर्माता बनेका थिए ।

उनका बुवाको पुस्ता देखी नै फिल्म बनाउने गरिएको थियो । उनले आफु एउटा फिल्मी परिवारबाट आएको कलाकार भएको र आफ्नै काका तथा बुवाले फिल्म निर्माण गर्ने गरेको बताएका छन् । आफ्ना पिता ताहिर हुसेन धेरै ऋणका कारण चिन्तित भएको आमिरले नजिक बाट देखेका थिए । आमिर खान भन्छन् –‘यद्यपि मलाई बिजनेस कसरी गर्ने भन्ने कुरा थाहा थिएन ।

जसका कारण कहिले धेरै पैसा कमाउन सकिन । कमाएँ त केवल चिन्ता । पहिलो फिल्म बनाउन ८ वर्ष लागेको थियो भने दोस्रोलाई ३ वर्ष । म धेरै ऋणमा थिएँ र मैले आफ्ना पितालाई आर्थिक समस्याका कारण चिन्तित भएको देखेको छु ।’

कुनै बेला आफ्नो आर्थिक स्थिति धेरै नै बिग्रिएको र एक किसिमले सडकमा नै आइसकेको आमिरले सम्झिएका छन् । उनी सानै रहेको र त्यतिबेला आफ्नो घरमा कर्जा लिएको पैसा माग्नेहरुको फोनको घण्टि अझै पनि आफ्नो कानमा गुन्जिरहे जस्तो लाग्ने बताएका छन् । हरेक दिन कर्जाको पैसा माग्नेहरुको फोनले दिक्क बनाउने गरेको खुलासा गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर