पोखरालाई छाडा चौपायामुक्त बनाइने — OSNepal

पोखरालाई छाडा चौपायामुक्त बनाइने

LC (KTM) June 09, 2022 0

पोखरा, २६ जेठ -पोखरा महानगरपालिकाले सडकमा डुलिहिँड्ने छाडा चौपायालाई कान्जी हाउसमा पठाउन थालेको छ ।बिहीबारदेखि छाडा चौपाया हटाउने अभियान सुरु भएको हो । एकैदिन ३७ वटा छाडा चौपाया कान्जी हाउसमा लगेर राखिएको छ । दैनिक रूपमा चौपाया खोज्ने र कान्जी हाउसमा लगेर राखिने महानगरका निरीक्षण महाशाखा प्रमुख नारायणप्रसाद शर्माले जानकारी दिए ।

‘पोखराका सडकमा छाडा चौपाया नरहने गरी महानगरले काम थालेको छ । दैनिकरुपमा नगरप्रहरी खटाएर चौपाया संकलन गर्छौं,’ उनले भने, ‘उनीहरूको व्यवस्थापन कान्जी हाउसमा हुन्छ । महानगरले कान्जी हाउस बनाएको छ ।’

पोखरा १४ बाच्छेबुडुवामा छाडा चौपाया थुन्न कान्जी हाउस बनाइएको छ । ल्याण्डफिल साइट आडैको ३५ रोपनी जमिनमा कान्जी हाउस बनाइएको हो । त्यहाँ १ सय ५० भन्दा बढी छाडा चौपाया राखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर