राति १२ बजेदेखि लागू हुने बढ्यो पेट्रोलियम पदार्थको मूल्य, हेर्नुहोस कुनको कति पुग्यो ? — OSNepal

राति १२ बजेदेखि लागू हुने बढ्यो पेट्रोलियम पदार्थको मूल्य, हेर्नुहोस कुनको कति पुग्यो ?

LC (KTM) June 09, 2022 0

काठमाडौं :

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राती देखी १२ बजेदेखि लागू हुने पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले जनाएको छ ।

निगमले पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२र१२ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ ।अब पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल र मट्टितेलको १ सय ६५ रुपैयाँ पर्ने छ ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको निगमले जनाएको छ ।यसअघि जेठ १९ गते मात्र आयल निगमले यी तीनै पदार्थमा दस रूपैयाँ प्रतिलिटर भाउ घटाएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको र निगमको घाटा बढ्दै गएकाले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर