दक्षिण अफ्रीका संग भारत ७ विकेटले पराजित — OSNepal

दक्षिण अफ्रीका संग भारत ७ विकेटले पराजित

LC (KTM) June 09, 2022 0

पहिलो टी ट्वान्टी क्रिकेटमा घरेलु टोली भारत दक्षिण अफ्रीका संग पराजित भएको छ । दिल्लीमा बिहीबार राति पाहुना टोली दक्षिण अफ्रीकाले भारतलाई ७ विकेटले हराएको हो । भारतले दिएको २ सय १२ रनको लक्ष्य दक्षिण अफ्रीकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेको थियो । दक्षिण अफ्रीकाको जितमा रस्शी भान डेर डुसेनले अविजित ७५ रनको अर्धशतकीय इनिङ खेले । यस्तै डेभिड मिलरले अविजित ६४ रनको अत्धशतकीय इनिङ खेले ।

ड्वाने प्रिट्रोरियसले २९ तथा क्विन्टन डी ककले २२ रन जोडे । भारतका भुवनेश्वर कुमार, हर्सल पटेल र अक्षर पटेलले एक एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रनको योगफल तयार पारेको थियो । भारतका इशान किशनले ७६ रनको अर्धशतकीय इनिङ खेले । श्रेयस इयरले ३६ तथा कप्तान ऋषव पन्तले ३६ र हार्दिक पान्डयले अविजित ३१ रन बनाए । दक्षिण अफ्रीकाका केशव महाराज, एन्रिच नोर्किया, पर्निल र ड्वाने प्रिट्रोरियसले एक एक विकेट लिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर