आर्चरीकी नेपालकी पहिलो महिला जज अनिता सारजाह जाँदै — OSNepal

आर्चरीकी नेपालकी पहिलो महिला जज अनिता सारजाह जाँदै

LC (KTM) June 09, 2022 0

आर्चरीकी नेपालकी पहिलो महिला जज अनिता गुरुङ जजेज सेमिनारमा सहभागी हुन शुक्रबार युएइको सारजाह प्रस्थान गर्ने भएकी छिन् । जुन ११ देखि १३ तारिखसम्म सञ्चालन हुने सेमिनारमा उनी सहभागिता जनाउन जान लागेकी हुन् । पूर्व राष्ट्रिय खेलाडी अनिताले छैटौं राष्ट्रिय खेलकुदको एकल स्पर्धामा कांस्य र टिममा स्वर्ण जितेकी थिइन् ।

अनिताले १३ औं दक्षिण एसियाली खेलकुदमा निर्णायकको भूमिका पनि निर्वाह गरेकी थिइन् । प्रयोगात्मक र लिखित परीक्षामा ८० प्रतिशत ल्याएमा अनिता नेपालकै पहिलो र एक मात्र कन्टिनेन्टल आर्चरी जज बन्ने नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर