पेट्रोलिय पदार्थको मूल्य बढ्यो, कति पुग्यो ? — OSNepal

पेट्रोलिय पदार्थको मूल्य बढ्यो, कति पुग्यो ?

LC (KTM) June 10, 2022 0

काठमाडौं :
नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ। राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १२ रूपैयाँ बढाएको हो ।

निगमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ ।

एलपी ग्यासको भने मूल्य यथावत रहेको आयोगले जनाएको छ ।

यसअघि जेठ १९ गते मात्र आयल निगमले यी तीनै पदार्थमा दस रूपैयाँ प्रतिलिटर भाउ घटाएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको र निगमको घाटा बढ्दै गएकाले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर