गाई चराउन गएका रामजी र सत्यलाई चट्याङले लाग्यो — OSNepal

गाई चराउन गएका रामजी र सत्यलाई चट्याङले लाग्यो

LC (KTM) June 10, 2022 0

सप्तरी, २७ जेठ

बोदेबरसाईन नगरपालिका–३ मधुबन टोल बस्ने ६५ वर्षीय सत्य नारायण यादव र ६० वर्षीय रामजी यादवको चट्याङ लागेर बिहीबार मृत्यु भएको छ ।

सोही ठाउँस्थित बियुल खोलामा गाई चराउन गएको अवस्थामा अचानक चट्याङ परी उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

२०७९ साल सुरु भएयता चट्याङ लागेर देशभर २६ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर