सलमान खानलाई गोली हानेर मार्ने प्रयास यसरी भारतीय प्रहरीले पारेको रहेछ विफल — OSNepal

सलमान खानलाई गोली हानेर मार्ने प्रयास यसरी भारतीय प्रहरीले पारेको रहेछ विफल

LC (KTM) June 10, 2022 0

काठमाडौं :

सलमान खान र उनका पितालाई ज्यान मार्ने धम्कीसहितको पत्र भेटिएको केहीदिनपछि हत्या गर्ने असफल प्रयास गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सिद्दु मुसेवालाको हत्या गर्ने विष्णोइ समूहले सलमानको समेत हत्या गर्ने प्रयास गरेको तर मुम्बई पुलिसले उक्त योजना विपल पारेको बताएको छ । लरेन्स विष्णोइ नामको संगठनले सलमानको घरमै सार्पसुटर पठाएर उनलाई मार्न खोजेको भएता पनि उपयुक्त समय नभेटेका कारण सार्प सुटर त्यसै फर्किएको टाइम्स नेटवर्कले जनाएको छ ।

टाइम्स नेटवर्कका अनुसार सलमान सधैँझै आफ्नो निवासको कम्पाउन्डमा साइक्लिङ गरिरहेका थिए भने सुटरले उनको घरबारिबाट उचित समयको प्रतिक्षा गरिरहेका बेला एक्कासी मुम्बई पुलिसको एउटा टिम सलमानको गेटमै फिल्मी शैलीमा आइपुगेपछि सुटर पछाडी हटेको बताइन्छ ।

सलमान गेटबाट निस्कनासाथ गोली हान्ने तयारीबाट सुटर उक्कासी पछाडी फर्किएका छन् । सलमान गेटबाट निस्कनासाथ गोली हान्ने उनीहरूले तयारी गरेकै दिन सलमानको एउटा कन्सर्ट थियो । सोही कार्यक्रममा निस्किन लागेका उनको स्कर्टिङका लागि प्रहरीको टोली आएको बताइएको छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर