रौतहटमा कटुवा पेस्तोलसहित राम र भारत पक्राउ — OSNepal

रौतहटमा कटुवा पेस्तोलसहित राम र भारत पक्राउ

LC (KTM) June 10, 2022 0

काठमाडौं, २७ जेठ:

रौतहटमा कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ईशनाथ नगरपालिका(४ महुलिया बस्ने ३० वर्षीय रामबाबु सिंह र भारत विहार ग्राम पर्सा बस्ने ४० वर्षीय कृष्ण साहलाई कटुवा पेस्तोलसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूबीच लेनदेनको विषयमा विवाद भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पेस्तोलसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर