तराईमा ब्याप्त दाइजो प्रथा बिरुद्धको गीत रेलिमै ले दर्शकको मन जित्दै — OSNepal

तराईमा ब्याप्त दाइजो प्रथा बिरुद्धको गीत रेलिमै ले दर्शकको मन जित्दै

LC (KTM) June 10, 2022 0

शान्ती श्री र बसन्त विश्वकर्माको स्वरमा सजिएको चेतनामुलक गीत रेलिमै दर्शकको मनमन्दिरमा बस्न सफल भएको छ । यो गीत सार्वजनिक भएको छोटो समयमै २० लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् । यो गीत अहिले सामाजिक सञ्जाल टिकटक, फेसबुक तथा इन्ष्टामा समेत देख्न र हेर्न सकिन्छ ।

टिकटकमा यस गीतको सट क्लिप्सहरु प्रशस्तै रहेका छन् । बिशेष गरेर तराईमा बिबाहको बेला लिईने दाईजो प्रथा जस्तो कुरीतिलाई यस गीतले देखाउन खोजेको छ । छोरी चेलीहरुले दाईजो लिएर नजादा घरमा सासु तथा श्रीमान् बाट कस्तो दर्दनाक पीडा भोग्नु पर्छ भन्ने बिषयवस्तुलाई गीत मार्फत देखाइएको छ । यस गीतको अडियो र भिडियो समेत निकै उत्कृष्ट बनेको छ ।

यस गीतको शब्द सिर्जना गायक बिश्वकर्मा आफैको रहेको छ । गीतको   लय भने चर्चित सर्जक प्रकाश दुतराजले गरेका छन । मौसम हिमालीको निर्देशन रहेको गीतमा बसन्त विश्वकर्मा,उषा उप्रेती,शिवशरण न्यौपाने लगायतको शसक्त अभिनय रहेको छ । बसन्त बिश्वकर्माको युटुब च्यानल मार्फत सार्वजनिक भएको यस गीतको भिडियोलाई अहिले सम्म २० लाख ११ हजार ५ सय जनाले हेरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर