वेस्ट इन्डिजका अलराउण्डर जासन होल्डरले बंगलादेशविरुद्धको सिरिज गुमाउने — OSNepal

वेस्ट इन्डिजका अलराउण्डर जासन होल्डरले बंगलादेशविरुद्धको सिरिज गुमाउने

LC (KTM) June 10, 2022 0

वेस्ट इन्डिजका अलराउण्डर जासन होल्डरका फ्यानहरु लाई दुःखको कुरा बाहिर आएको छ । उनले बंगलादेशविरुद्धको सिरिज गुमाउने भएका छन् ।
वेस्ट इन्डिज क्रिकेटले होल्डरलाई आराम र रिकभरीका लागि छुट्टि दिएको छ ।३०वर्षीय होल्डरले बोर्डसँग आराम र रिकभरीका लागि छुट्टि मागेका थिए ।

बोर्डले उनको अनुरोध स्वीकार गरेको छ। होल्डरले गत जनवरीबाट लगातार खेल्दै आईरहेका थिए ।आगामी जुन र जुलाईमा बंगलादेशले वेस्ट इन्डिजको भ्रमण गर्नेछ ।वेस्ट इन्डिज र बंगलादेशबीच २ टेस्ट, तीन टी(ट्वान्टी र ३ खेलको एकदिवसीय सिरिज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर